मंगलबार, माघ ८, २०८१
18:59 | ००:४४

बगर भाइखलक यूकेमा चुनियो नयाँ नेतृत्व

नेपाली लिङ्क जनवरी २०, २०२५

लन्डन- बगर भाइखलक यूकेमा नयाँ नेतृत्व चयन भएको छ।

आइतबार अल्डरसटस्थित सुसी मोतो रेष्टुरेन्टमा सम्पन्न संस्थाको तेस्रो अधिवेशनले ओमप्रकाश गुरुङको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चिज गुरुङ, सचिवमा अर्जुन गुरुङ, सहसचिवमा कुमार गुरुङ र कोषाध्यक्षमा भानु थकाली गुरुङ छन्।

त्यस्तै, सदस्यहरूमा सूर्य गुरुङ, दीपक गुरुङ, जंगम गुरुङ, जय कुमार सेवा,हिटलर गुरुङ तथा मिडिया सेक्रेटरीमा मिलन तमु र विमल गुरुङ चुनिएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई तमुधिं यूके उपाध्यक्ष एवम् ‘एन्फा एम्बासडर’ कमल कोने गुरुङले शपथग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका थिए।

यसअघि बगर भाइखलक यूकेका निवर्तमान समितिका अध्यक्ष दिलरास गुरुङको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो।

अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा नेपालबाट टीम ल्याएर गोर्खाकपमा सहभागी गराउनुका साथै नेपाल तथा इंग्ल्यान्डबीचको फुटबल खेल सफल बनाउन सक्रियतापूर्वक सहभागी लगायतका कार्य भएको जानकारी गराए । उनले नयाँ अध्यक्ष र कार्यसमितिलाई पनि साथ, सहयोग दिन सबैलाई आव्हान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तमुधिं यूके पूर्व अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, विशिष्ट अतिथि सहारा यूके अध्यक्ष कृष्ण गुरुङलगायतले पनि नवनिर्वाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

त्यसअघि अधिवेशनलाई अध्यक्षसंगै प्रमुख अतिथि र विशिष्ट अतिथिले पानसमा दीप बालेर उद्घाटन गरेका थिए। कार्यक्रम सञ्चालन तमुधिं यूके उपाध्यक्ष एवम् एन्फा एम्बासडर कमल कोने गुरुङले गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू