स्कटल्याण्डमै गएर कन्सुलर सेवा दिने दूतावासको तयारी


लन्डन । लन्डनस्थित नेपाली दूतावासले स्कटल्याण्डका विभिन्न स्थानमा कन्सुलर सेवा शिविर संचालन गर्ने भएको छ ।
दूतावासबाट प्राप्त हुने कन्सुलर सेवा घरदैलोमा उपलब्ध गराउने उद्देश्यले एवर्डिन, एडिनबरा र ग्लास्गोमा घुम्ती सेवा संचालन गर्न लागिएको दूतावासले जनाएको छ ।
एनआरएनए राज्य समन्वय परिषद स्कटल्यान्डसंगको समन्वयमा दूतावास आफ्नो सेवा लिएर त्यहाँ जान लागेको हो ।
दूतावासले दिएको जानकारी अनुसार एवर्डिनमा सन् २०२५ फेब्रुअरी १ तारिख शनिबार दिउँसो ४ बजेदेखि साँझसम्म कन्सुलर सेवा संचालन गरिनेछ ।
त्यसैगरी एडिनबरामा फेब्रुअरी २ तारिख आइतबार बिहान १० देखि दिउँसो ३ बजेसम्म र ग्लास्गोमा फेब्रुअरी ३ तारिख सोमबार १० देखि दिउँसो २ बजेसम्म कन्सुलर सेवा शिविर संचालन गरिनेछ ।
कन्सुलर सेवामा सन् २०२६ फेब्रुअरीसम्म बहाल रहेका राहदानीको नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणिकरण, एकतर्फी यात्रा अनुमतिपत्र, पर्यटक भिषा तथा गैरआवासीय नेपाली परिचयपत्र जस्ता सेवा उपलब्ध हुनेछन् जसका लागि आवश्यक पर्ने कागजात, शुल्क र प्रक्रियाबारे दूतावसको वेबसाइटमा उल्लेख छ ।
उक्त निर्धारित समयमा उपस्थित भइ आफूलाई आवश्यक पर्ने सेवा सुविधा लिन दूतावासले सम्पूर्ण स्कटल्याण्डवासीलाई आग्रह गरेको छ ।
एनआरएनए स्कटल्यान्ड परिषद अध्यक्ष दिवाकर पाण्डेले पनि दूतावासको घुम्ती सेवाबाट लाभ उठाउन स्कटल्यान्डवासी सबै नेपालीलाई आव्हान गरेका छन् ।
विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोला:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५