आइतबार, फागुन ११, २०८१
बेलायतका लागि नवनियुक्त राजदूत घिमिरे लन्डन आएर सम्हाले कार्यभार


नेपाली लिङ्क
जनवरी १७, २०२५
लन्डन । संयुक्त अधिराज्य (यूके) का लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरे बेलायत आइपुगेका छन् ।
शुक्रबार बिहान टर्मिनल ५ मा ओर्लंदा राजदूत घिमिरे र उनकी धर्मपत्नी सरिता न्यौपाने घिमिरेलाई बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि डेभिड पेरी, उपनियोग प्रमुख विपिन दुवाडी लगायत दूतावास कर्मचारीले स्वागत गरेका थिए ।
मिसनमा २३ औं राजदूतका रुपमा घिमिरेले आजैबाट कार्यभार सम्हालेको दूतावासले जनायो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेको करिब तीन सातामा उनी बेलायत आएका हुन् ।
नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो राष्ट्र बेलायतका लागि राजदूतका रुपमा आएका घिमिरे लगानी, व्यापार तथा सार्वजनिक नीतिमा दख्खल राख्ने नेपाल सरकारका पूर्व सचिव हुन् । उनले आफ्नो कार्यकालमा आर्थिक कूटनीतिलाई प्राथमिकता दिने बताएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५