कास्कीपछि काठमाडौं जिल्ला अदालतले पनि छाड्यो लामिछानेलाई


काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको आदेशसंगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० लाख रुपैयाँ धरौटी बुझाएका छन् । लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीका रुपमा बुझाएका हुन् ।
बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतको आदेशमा भनिएको छ, ‘अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकोले प्रस्तुत मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु.६०,००,०००– (साठी लाख रुपैयाँ) नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नु ।’
यसअघि लामिछाने जोडिएको सूर्यदर्शन वचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी माग गरेपछि सो रकम बुझाएर उनी रिहा भएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५