आइतबार, फागुन ११, २०८१
खानी भत्किँदा पुरिएका २२ जनाको शव फेला


रासस–सिन्ह्वा
जनवरी १५, २०२५
याङ्गोन, माघ २ गते । उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा २२ जनाको शव फेला परेको छ । गत जनवरी १३ र १४ गते थप नौ शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । बुधबार पनि उद्धार कार्य जारी छ ।
हपाकान्त नगरपालिकाको खानी क्षेत्रमा रहेको माटोको पोखरी भत्किँदा सोमबार भीषण दुर्घटना भएको थियो। दुर्घटनाका कारण ५७ घर पनि माटोमुनि पुरिएको अधिकारीले बताएका छन् । भत्किएको माटोको मात्रा धेरै भएकाले तल गाडिएका मानिस निकाल्न कठिन भएको अधिकारीहरुको भनाइ छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५