बिहीबार, माघ ३, २०८१
18:54 | ००:३९

अध्यादेशप्रति एनआरएनए बेल्जियमको आपत्ति

नेपाली लिङ्क जनवरी १५, २०२५

बेल्जियम- गैर आवासीय नेपाली नागरिक (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने समेतका प्रावधान राखी नेपाल सरकारले हालै ल्याएको अध्यादेशको एनआरएनए बेल्जियमले कडा विरोध जनाएको छ।  

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाद्वारा जारी विज्ञप्तिमा उक्त अध्यादेश ‘एक पटकको नेपाली सधैँको नेपाली’  भन्ने मूल मन्त्र र नेपालको संविधान २०७२ को मर्म तथा भावना विपरित रहेको जनाइएको छ।

“नेपालको संविधानले नै राजनीतिक बाहेकका सबै अधिकार नेपाली नागरिक सरह पाउने कुरा सुनिस्चित गरि सकेपछि फेरि एनआरएनहरुले आफ्नै मातृभूमि जाँदा भिसा लगाउनुपर्ने प्रावधानले सबै एनआरएनहरुको अवमूल्यन गरेको छ । यसले निस्वार्थ ढंगले नेपालको हितमा होमिने हाम्रो आकांक्षामाथि कुठाराघात गर्ने मात्रै हैन, एनआरएन लगानीलाई दुरुत्साहित गर्नुका साथै दोस्रो तथा तेश्रो पुस्ताका एनआरएनलाई नेपालसंग जोड्ने हाम्रो पहलमाथि पनि आघात पुग्ने निश्चित छ,” विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा संसदको आगामी अधिवेशनबाट उक्त प्रावधान सच्याई एनआरएनहरुलाई नेपालको भ्रमण गर्दा भिसा लगाउनु नपर्ने व्यवस्था गर्न पनि आग्रह गरिएको छ।

यसै गरी एनआरएनए बेल्जियमले वंशजको आधारमा प्राप्त नेपाली नागरिकतामा ‘एनपी’ भन्ने छाप लगाएर नेपाली नागरिकताको निरन्तरता सुनिस्चित गरिदिन पनि नेपालका सबै राजनीतिक दल, नेतृत्व तथा सांसदहरुलाई अपिल गरेको छ।

हेर्नोस् एनआरएनए बेल्जियमको प्रेस विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू