आइतबार, फागुन ११, २०८१
04:49 | १०:३४

रवि लामिछाने फेरि प्रहरी हिरासतमा

नेपाली लिङ्क जनवरी १२, २०२५

काठमाडौं, पुस २८ गते- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले हिरासत पठाएको छ।

आइतबार बयान भए पनि थुनछेक बहस नभएपछि पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई अदालतले हिरासतमा पठाएको हो।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी हिरासतमा पठाएको जनाइएको छ ।

काठमाडौँ अदालतका स्रेस्तेदार रामु शर्माले भोलि १० बजे इजलासमा उपस्थित गराउने गरी लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको जनाए ।

लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ ।

लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग आरोपमा मुद्दा दर्ता भएको छ । लामिछानेसहितका प्रतिवादीविरुद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार दुई सय ७० रुपियाँ बिगो कायम गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू