शुक्रबार, पुष २६, २०८१
04:55 | १०:४०

बुद्ध फाउन्डेसन यूके निर्वाचनमा होमियो (पूर्ण निर्वाचन कार्यतालिका)

नेपाली लिङ्क जनवरी ९, २०२५


लन्डन । बुद्ध फाउन्डेसन यूके नयां नेतृत्वका लागि निर्वाचनमा होमिएको छ । यही १९ जनवरी, २०२५ का दिन लन्डनमा हुने संस्थाको अधिवेशनले नयां नेतृत्व चयन गर्नेछ ।

नयाँ कार्यसमिति चयन गर्न गठित निर्वाचन समितिले बुद्ध फाउन्डेसन यूकेका साधारण सदस्यहरुबाट दरखास्त आव्हान गर्दै निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ ।

उम्मेदवार बन्न अथवा मतदानमा भाग लिन १६ जनवरी, २०२५ भित्रै संस्थाको साधारण सदस्यता लिएको हुनुपर्ने समितिले जनाएको छ ।

उक्त संस्थाको नेतृत्व हाल दीपक श्रेष्ठले गरिरहेका छन् ।

सूचना जस्ताको तस्तैः


बुद्ध फाउन्डेसन यूकेको निर्वाचन सम्बन्धि सूचना

बुद्ध फाउन्डेसन यूकेको आसन्न अधिवेशन १९ जनवरी, २०२५ अन्तर्गत वर्तमान कार्यसमितिको निर्णय बमोजिम नयाँ कार्यसमिति चयन गर्न गठित निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्ने गरी देहाय बमोजिमका पदाधिकारी तथा सदस्यहरुको निर्वाचनको लागि बुद्ध फाउन्डेसन यूकेको विद्यमान विधान अन्तर्गत बुद्ध फाउन्डेसन यूकेका साधारण सदस्यहरुबाट आवेदन दरखास्त आवहान गर्दै निम्न कार्यतालिका प्रकाशन गरिएको छ ।

उम्मेद्वारी दरखास्त आवहान गरिएका पदहरु :
अध्यक्ष- १
उपाध्यक्ष- २
महासचिव- १
सचिव- १
कोषाध्यक्ष- १
सह-कोषाध्यक्ष- १
सदस्यहरू- ६

उपरोक्त सम्बन्धमा बुद्ध फाउन्डेसन यूकेको विधानले निर्दिष्ट गरे अनुरुप निर्वाचन समितिको मिति ८ जनवरी २०२५ मा सम्पन्न बैठकले तपशिल बमोजिमको नियमावली तयार गरी यो कार्यतालिका प्रकाशन गरिएको छ ।

बुद्ध फाउन्डेसन यूके निर्वाचन नियमवाली २०२५
बुद्ध फाउन्डेसन यूकेको निर्वाचन २०२५ मा आवेदन दिनको लागि अनिवार्य रुपमा यस संस्थाको साधारण सदस्य रहेको हुनुपर्ने छ । साधारण सदस्यता buddha-foundation.org मार्फत लिन सकिने छ ।

यस संस्थाको निर्वाचन अन्तर्गत उम्मेदवार बन्न अथवा मतदानमा भाग लिनको लागि १६ जनवरी, २०२५ भित्रै संस्थाको साधारण सदस्यता लिएको हुनु पर्ने छ ।
अध्यक्षको उम्मेदवार बन्न यस संस्थाको कार्यसमितिमा कमसेकम एक कार्यकाल काम गरिसकेको हुनु पर्नेछ ।

आसन्न निर्वाचनमा उम्मेदवारी दरखास्त आफ्नो नाम, ठेगाना, इमेल, र फोन नम्बरसहित आफूले उम्मेदवारी दिन चाहेको पद स्पष्टसंग खुल्ने गरी निर्वाचन समितिको इमेल ‘[email protected]’ मा १७ जनवरी २०२५ को साँझ ५ बजे भित्रै पठाइसक्नु पर्ने छ ।

उम्मेदवारी शुल्कको हकमा अध्यक्षको लागि £१००, उपाध्यक्ष र महासचिवको लागि £७५, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सचिवको लागि £५० र सदस्यहरुको लागि £२५ संस्थामा दरखास्तको अन्तिम मिति अगावै जम्मा गरिसकेको हुनुपर्नेछ । निर्वाचन समितिले सदस्यता तथा उम्मेदवारी शुल्क भुक्तानीको ‘भेरिफिकेसन’ कार्यसमितिमार्फत गर्नेछ ।

निर्वाचन नियमावलीले तोके बमोजिम रित नपुगेको वा तोकिएको म्याद पछि प्राप्त उम्मेदवारी आवेदनलाई मान्यता दिइने छैन ।

संस्थाको मतदाता तथा उम्मेदवारको नामावली संस्थाको आधिकारिक वेबसाइटमा १८ जनवरी २०२५ मा प्रकाशित गरिनेछ ।

निर्वाचन सम्बन्धि सम्पूर्ण अधिकार निर्वाचन समितिमा निहित हुने छ ।

धन्यवाद

निर्वाचन समिति
(मिती : ०९ जनवरी २०२५)

संयोजक : शिवजी श्रेष्ठ
सदस्य सचिव : फडिन्द्र भट्टराई
सदस्य : श्रीचन्द्र गुरुङ
सदस्य: बिनोद ज्ञवाली
सदस्य : शशी थापा सुब्बा

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू