बुधबार, वैशाख १७, २०८२
बेलायत पठाउने भन्दै लाखौं ठगी गर्ने युवा पक्राउ


नेपाली लिङ्क
जनवरी ९, २०२५
काठमाडौँ– बेलायत पठाएर आकर्षक तलब दिलाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाल छन् ।
दाहालले प्रति व्यक्ति ३१ लाख ५० हजार रुपैयाँ पैसा लिएर बेपत्ता भएका थिए । पीडितले दिएको जाहेरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाहाललाई बुधबार पक्राउ गर्न सफल भएको थियो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५