आइतबार, फागुन ११, २०८१
पोल्याण्ड पठाउने भन्दै ठगी गर्ने दुई व्यक्ति पक्राउ


रासस
जनवरी ८, २०२५
काठमाडौँ- वैदेशिक रोजगारीमा पोल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
अभियुक्त कृष्णले पोल्यान्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट रु ७२ लाख ४८ हजार एक सय ५० र राजेशले रु. आठ लाख ९० हजार लिएर सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौँ महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो।
उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५