आइतबार, फागुन ११, २०८१
10:34 | १६:१९

साझा नेपाली समाज यूकेको नयाँ वर्ष शुभकामना आदानप्रदान

नेपाली लिङ्क जनवरी ६, २०२५

लन्डन– साझा नेपाली समाज यूकेले नयाँ वर्ष २०२५ को अवसरमा शुभकामना आदानप्रदान गरेको छ।

सोमबार बिहान भर्चुएल माध्यमबाट आयोजित कार्यक्रममा बोल्दै विभिन्न संघसंस्थाका पदाधिकारीहरुले शुभकामना दिएका थिए ।

समाजका ट्रष्टी तथा एनआरएन अभियन्ता दयानिधि सापकोटाले समाजले स्थापना कालदेखि नै सदस्यहरुको हकहितका साथै नेपालमा आपदविपद पर्दा सक्दो सहयोग गर्दै आएको स्मरण गरे। उनले समाज सेवामा लाग्दा थुप्रै वाधा व्यवधान व्यहोर्नु परे पनि त्यसबाट प्राप्त हुने सन्तुष्टिले सामाजिक काममा लागि रहन उत्प्रेरित गर्ने बताए।

समाजका अध्यक्ष दिपक सापकोटा विशेष कारणले कार्यक्रममा उपस्थित हुन नसकेकाले कार्यक्रमको सभापतित्व साझा नेपाली समाज बेलायतका उपाध्यक्ष शिव खरालले गरेका थिए ।

कार्यक्रमको सभापतित्व गरेका खरालले सामाजिक एकता, सद्भाव कायम रहोस्, नयाँ साल सुखद रहोस्, दुःख कष्ट केही नपरोस् भन्ने शुभकामना दिए ।

उक्त अवसरमा समाजका ट्रष्टी संयोजक महेश अधिकारी, ट्रष्टीहरु कृष्ण प्रसाद शर्मा, गोमा पौडेल, नारायण फूंयाल, पूर्व अध्यक्ष गङ्गा गौतम, शान्ति नेपाली समाजका अध्यक्ष रामप्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष प्रविण खराल, समाजका उपाध्यक्ष शम्भु अर्याल, कार्यसमिति सदस्यहरु सुदर्शन पराजुली, दिनेश ढकाल, गोविन्द सापकोटा, दिपक पौडेल, पत्रकार भगीरथ योगी लगायतले लगायतले शुभकामना दिए।

यसै गरी हाम्रो नेपाली समाज वेष्ट मिडल्यांड्सका अध्यक्ष भीम शर्मा, ग्रान्थम नेपाली समाजका अध्यक्ष किशोर लामिछाने, श्रृजनशील नेपाल समाज लेस्टरका अध्यक्ष पूण्डरी प्रसाद अर्याल, नटिङगहम नेपाली समाजका महासचिव वीरेन्द्र खड्का लगायतले बेलायतमा बसोबास गर्ने नेपालीहरुको हितमा सहकार्य गर्न र संगै अगाडि बढ्न आफूहरु तयार रहेको बताए ।

हाल बेलायत बाहिर रहेका समाजका पूर्व अध्यक्ष रणबहादुर खाती क्षेत्रीले शुभकामना सन्देश पठाएका थिए ।

उक्त कार्यक्रम सञ्चालन समाजका महासचिव शशांक शर्माले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू