मंगलबार, पुष २३, २०८१
07:23 | १३:०८

क्षेत्री समाज बेलायतको नयां कार्यसमिति चुन्न साधारणसभा ५ अप्रिलमा

नेपाली लिङ्क जनवरी ५, २०२५

लन्डन । क्षेत्री समाज बेलायतको साधारण सभा आगामी अप्रिल ५ तारिख हुने भएको छ । गत डिसेम्बर १६ मा बसेको बैठकले अल्डरसटमा ९ औं साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त साधारण सभाले २०२५ –२७ का लागि नयाँ कार्यसमिति चयन गर्नेछ । कार्यसमिति चयन गर्न समाजले विधान अनुरुप तीन सदस्यीय समिति समेत गठन गरिसकेको छ ।

निर्वाचन समिति सदस्यहरुमा समाजका सल्लाहकार डा. राम अधिकारी, समाजका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार रि. क्याप्टेन धन कुंवर र समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार यज्ञ क्षेत्री छन् ।

साधारण सभामा वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा समाजको तर्फबाट भए गरेका आर्थिक एवं सांगठनिक प्रतिवेदनबारे छलफलपछि अनुमोदन गराइने योजना छ ।

बैठकले उक्त साधारण सभामा समाजका सबै सदस्यहरुलाई सहभागी भइ कार्यसमितिले गरेका कामको अनुमोदन, सल्लाह–सुझाव साथै नयाँ कार्यसमिति निर्माण गर्ने कार्यमा सभागी हुन आव्हानसमेत गरेको छ ।

बैठकले पन्जीकृत रहेका आवधिक सदस्यहरुलाई आफ्नो सदस्यता अद्यावधिक गराउन र समाजको सदस्य बन्न चाहनेलाई सदस्यता लिन पनि आव्हान गरको छ ।

सदस्यता अध्यावधिक गर्न र नयाँ सदस्य बन्न चाहनेहरुले क्षेत्री समाज बेलायतका महासचिवको इमेल- [email protected] अथवा उपाध्यक्षको इमेल  [email protected] मा सम्पर्क राखी सन् २०२५  मार्च २० तारिखभित्र आफ्नो सदस्यता कायम गरिसक्नुपर्ने क्षेत्री समाज बेलायतले जनाएको छ ।

उपरोक्त विषयमा अन्य विस्तृत जानकारी आवश्यक परेमा निम्न इमेलमा  सम्पर्क गर्नुहुन समाजले आग्रह आग्रह गरेको छ ।

इमेल: अध्यक्ष – [email protected], उपाध्यक्ष – [email protected], महासचिव – [email protected], मिडिया साचिव- [email protected]

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू