आइतबार, फागुन ११, २०८१
विश्वकै सबैभन्दा वृद्ध ११६ वर्षीया महिलाको निधन


रासस/एएफपी
जनवरी ५, २०२५

तस्विर एपी
टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ ।
चार छोराछोरी तथा पाँच नातिनातिना भएकी इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
उनको जन्म आशिया नजिकै ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८, मे २३ मा भएको थियो ।
स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रुपमा मान्यता दिइएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५