शनिबार, वैशाख ६, २०८२
बेलायतका नेपाली संघसंस्थासंग सहकार्य गर्न दूतावासले माग्यो विवरण


नेपाली लिङ्क
जनवरी २, २०२५
लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले बेलायतमा रहेका नेपाली संघसंस्थाहरुलाई आफ्नो विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
दूतावासले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित एवं प्राथमिकताका अन्य गतिविधिमा नेपाली डायस्पोराको अधिकतम परिचालनका लागि संघसंस्थाको विवरण ‘अपडेट’ गर्न आवश्यक भएको एक सूचनामार्फत जनाएको छ ।
‘संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली संघ-संस्था/संगठनहरुको विवरण आवश्यक भएकाले देहायको लिंकमा गइ ०७ जनवरी २०२५ भित्र आ–आफ्नो विवरण अद्यावधिक-उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ’, दूतावासको सूचनामा उल्लेख छ ।
‘दूतावास नेपाली संघसंस्थासंग सहकार्य गर्न लालयित छ । समुदायबाट रचनात्मक सुझाव सल्लाह केही भए हामी सहर्ष स्वीकार्छौं’, कार्यवहाक राजदूत विपिन दुवाडीले भने ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५