ओटु कन्सर्टका लागि ब्यान्डसहित लन्डन आइपुगे स्वप्न सुमन
लन्डन- यही सप्ताहन्त लन्डनको प्रतिष्ठित ओटुमा हुने कन्सर्टमा प्रस्तुति दिन लोकप्रिय गायक स्वप्न सुमन र उनको ब्यान्ड ‘आस्टर्स’ लन्डन आइपुगेका छन् ।
४ जनवरी शनिबार साँझ ‘इन्डिगो एट ओटु’ मा हुन लागेको ‘कन्दरा लाइभ इन यूके’ मा प्रस्तुतिका लागि उनीहरु विहीबार लन्डन उत्रिएका हुन् ।
गायक स्वप्न सुमनसहित लन्डन आइपुगेको कुल ८ जनाको टीमलाई कन्सर्ट आयोजक मामाघर इन्टरटेनमेन्टका निर्देशक विमल तिमिल्सेना र टीमले हिथ्रो विमानस्थलमा स्वागत गरेको छ ।
लोकप्रिय लोकपप ब्यान्ड कन्दराको प्रस्तुतिमा पहिलोपटक लन्डन ओटुमा आयोजना हुन लागेको ‘कन्दरा लाइभ इन यूके’ मा स्वप्न सुमन र ब्यान्डको ओपनिङ प्रस्तुति रहनेछ ।
साँझ ठीक ७ बजे शुरु हुने कन्सर्टमा स्वप्न एन्ड ब्यान्डले पहिलो एक घण्टा प्रस्तुति गर्नेछन् भने त्यसपछिका लगातार दुई घण्टा कन्दरा ब्यान्डको प्रस्तुति रहनेछ ।
सोही अवसरमा कन्दरा ब्यान्डको ३२ औं वार्षिकोत्सव पनि मनाइंदैछ ।
कन्सर्टका लागि गायक विवेक श्रेष्ठसहितको ७ सदस्यीय कन्दरा ब्यान्ड विहीबार बेलुका लन्डन आइपुग्दैछ ।
ओटुमा कन्दरा र गायक स्वप्न सुमनको कन्सर्टपछि राती ११ देखि बिहान ५ बजेसम्म ‘भान्जाभान्जी आफ्टर पार्टी’ गर्ने तयारी भएको छ ।
ओटुबाट १० मिनेट दुरीमा अवस्थित तीन हजार दर्शक क्षमताको ‘स्टुडियो ३३८’ मा डिजे बिक्की, डिजे एस काजी र डिजे नेपसोलको गीत संगीतमा उक्त पार्टी हुंदैछ ।
कन्सर्ट र ‘आफ्टर पार्टी’ का अधिकांश टिकट बिक्री भइसकेको जनाउँदै आयोजक मामाघर इन्टरटेनमेन्टले टिकट लिन बाँकी रहनेहरुलाई अब ढिलो नगर्न आग्रह गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५