स्थापनाको २० औं वार्षिक उत्सव मनाउँदै प्रवासी नेपाली मञ्च यूके
लन्डन- नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेले संस्था स्थापनाका २० वर्षको उत्सव मनाउने भएको छ ।
आगामी जनवरी ५ तारिख आइतबार साँझ लन्डन ह्यारोस्थित ब्लु रुम ब्यांक्वेटमा मञ्चको २०औं वार्षिकोत्सव समारोह आयोजना हुंदैछ ।
कार्यक्रमका संयोजक मञ्चका नेता कृष्णप्रसाद भण्डारीका अनुसार स्थापनाका २० औं वर्ष पूरा भएको उत्सव मनाउनु कार्यक्रमको प्रमुख उद्धेश्य छ । सो अवसरमा पछिल्लो २० वर्षको मञ्चको यात्रा तथा डायस्पोराबाट नेपालको राजनीतिक अभियानमा पुर्याएको योगदानको समिक्षा समेत गरिने भण्डारीले बताए ।
कार्यक्रममा बेलायतभरबाट मञ्चनिकट कार्यकर्ता तथा सदस्यहरु सहभागी हुने बताइएको छ । त्यस्तै, लन्डनस्थित नेपाली दूतावास, विभिन्न नेपाली संघसंस्था र पत्रकारलाई पनि निम्त्याइंदैछ ।
मञ्चका अध्यक्ष तुंगभद्र भुषालले कार्यक्रममा सहभागिताका लागि सबै सदस्य एवम् शुभेच्छुकहरुलाई आव्हान गरेका छन् ।
सन् २००४ मा स्वर्गीय आकलजंग लामाको नेतृत्वमा स्थापित मञ्चले यो वर्ष स्थापनाका २० वर्ष पूरा गरेको हो । मञ्चलाई त्यसयता दिनेश घिमिरे, रामशरण सिम्खडा, राजेन्द्र पुडासैनी,भक्त गुरुङ, सुरेन्द्र थपलियालगायतले नेतृत्व गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५