लन्डनका युवा गायक अनिशको नयां गीत ‘तिमी छौ र पो म छु’ (भिडियो)
लन्डन– लामो समयदेखि लन्डनमा रहेका युवा गायक अनिश पाण्डेले क्रिसमस-अंग्रेजी नयां वर्षको अवसर पारेर नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
गायक पाण्डेले शनिबार आफ्नै युट्यूब च्यानलमार्फत ‘तिमी छौ र पो म छु’ बोलको गीत र म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
पाण्डेले आफ्नो प्रेम र सम्बन्ध केन्द्रित गीतले दर्शक श्रोताको मन जित्ने विश्वास समेत गरेका छन् ।
उक्त गीतमा गायक पाण्डे र अर्का राष्ट्रिय गायक रूपक डोटेलको आवाज छ । गीतको रचना र संगीत पाण्डेकै हो । एरेञ्ज सञ्जीव बराइलीले गरेका छन्।
गायक पाण्डेले म्यूजिक भिडियोमा बेलायतका ह्विट्बी आबी, माम टोर, डनकास्टर जस्ता लोकेशनमा खिचिएका दृश्यहरू कैद गरिएको बताए ।
सुमन श्रेष्ठको निर्देशन र छायांकन रहेको उक्त म्यूजिक भिडियोमा अनिस, रूपक र निशु पौडेलको अभिनय छ । लन्डन बस्ने निशु फार्मेसिष्ट हुन् भने रूपक डोटेल ‘प्रसाद’ फिल्मको चर्चित ‘बनकी चरी…’ गीतका गायक हुन् । गीत स्ट्यानवेल स्टुडियो, लन्डनमा इञ्जिनियर मदन रेन म्याडीले रेकर्ड गरेका हुन् ।
गायक पाण्डेले यसअघि पनि कयौं राष्ट्रिय भावना र प्रेमले ओतप्रोत गीत बजारमा ल्याइसकेका छन् ।
भिडियोः
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५