आइतबार, फागुन ११, २०८१
दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७


नेपाली लिङ्क
डिसेम्बर २९, २०२४
सोल, पुस १४ गते । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । १८१ जना सवार विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो ।
बीबीसीका अनुसार विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य सवार थिए । सो विमान थाइल्याण्डको बैंककबाट यात्रु लिएर फर्केको थियो । दक्षिण कोरियाको अग्निशमन विभागका अनुसार अहिलेसम्म दुई जनाको उद्धार गरिएको छ ।
विभागले जनाएअनुसार बाँच्न सफल हुनेमा एकजना यात्री र एकजना चालक दलका सदस्य रहेको बीबीसीले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५