बिहीबार, पुष ११, २०८१
01:16 | ०७:०१

लन्डनमा ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी

नेपाली लिङ्क डिसेम्बर २५, २०२४

गत वर्षको पृथ्वी जयन्ती कार्यक्रम

लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३०३ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको छ ।

आउंदो २७ पुष अर्थात ११ जनवरी २०२५ का दिन मध्यान्ह लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा कार्यक्रम तय भएको हो ।

कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूकेसहित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, अग्रज अभियन्ता, बुद्धिजिवी लगायतलाई आमन्त्रण गरिएको संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत रोका क्षेत्रीले जनाए ।

क्षेत्रीले सन् २००७ देखि बेलायतमा एक्लो प्रयास र खर्चमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएका छन् । तीन वर्षअघि देखि उनले आफ्नै खर्चमा वर्षेनी एकजना बुद्धिजिवीलाई एक लाख रुपैयांको पृथ्वी पुरस्कार प्रदान गर्न समेत शुरु गरेका छन् ।

३०० औं पृथ्वी जयन्तीबाट शुरु गरिएको पुरस्कार पहिलोपटक राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसी, दोश्रो पुरस्कार राजनीति विश्लेषक डा. राजेश अहिराज र तेश्रो पुरस्कार पर्यटन व्यवसायी एवं समाजसेवी भरत बस्नेतले पाइसकेका छन् ।

यस वर्ष चौंथो पुरस्कार बर्दिया गुलरिया निवासी सामाजिक अभियन्ता समाजसेवी कमलराज पौडेलले दिइने अध्यक्ष क्षेत्रीले जनाए ।

कुनै पनि पार्टीमा आवद्ध नभएको स्वतन्त्र बुद्धिजिवी साथै पृथ्वी नारायण शाहबारे गहिरो दख्खल राक्ने एक व्यक्तिलाई वार्षिक रुपमा पुरस्कार दिइने क्षेत्रीको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू