सोमबार, पुष ८, २०८१
22:17 | ०४:०२

नाइजेरियामा खाद्यान्न वितरण गर्दा कुल्चिएर ३२ को मृत्यु

रासस/एएफपी डिसेम्बर २२, २०२४

लागोस। नाइजेरिया प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ । यसअघि प्रहरीले २२ जनाको निधन भएको जनाएको थियो ।

दक्षिणी सहर ओकिजामा शनिबार चामल वितरण गर्ने केन्द्र बाहिर मानिसहरू लाममा उभिएपछि लाइनमा बसेका मानिसहरूको कुल्चाइमा २२ जनाको मृत्यु भएको थियो । यसअघि प्रहरीले घटनामा ‘धेरै’ मानिसको मृत्यु भएको चेतावनी दिएको थियो ।

साथै सोही दिन राजधानी अबुजामा ‘असहाय र वृद्धहरू’ लाई खाना वितरण गरिरहेको एक चर्च बाहिर भएको छुट्टै कुल्चाइमा कम्तीमा १० जनाको मृत्यु भएको थियो । यी दुई घटनाका कारण नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले आफ्नो कार्यतालिका खाली गरेका थिए ।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशले नोभेम्बरमा मुद्रास्फीति बढेर ३४.६ प्रतिशत पुगेर एक पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला खाद्य वितरण केन्द्र बाहिर भागदौड भएको छ ।

ओकिजामा २२ जनाको मृत्यु भएको पुष्टि गर्दै अनाम्ब्रा राज्य प्रहरीका प्रवक्ताले मृतकका परिवार र साथीहरूप्रति समवेदना व्यक्त गरे । “यो दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान अझै जारी छ”, अनाम्ब्रा प्रहरी प्रवक्ता तोचुकु इकेङ्गाले आइतबार एक विज्ञप्तिमा भनेका छन् ।

मैतामा जिल्लाको होली ट्रिनिटी क्याथोलिक चर्च बाहिर अबुजामा भएको भागदौडमा मारिएका १० मध्ये चार जना बालबालिका रहेको प्रहरीले जनाएको छ । एक प्रहरी प्रवक्ताका अनुसार भागदौडमा अन्य आठ जना घाइते भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू