शनिबार, पुष ६, २०८१
17:27 | २३:१२

महिला यू–१९ विश्वकप खेल्ने टोलीको प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा

रासस डिसेम्बर २१, २०२४


चितवन, पुस ६ मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ।

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा प्रशिक्षण हुने चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले जानकारी दिए।

यही पुस १० देखि २२ गतेसम्म हुने बन्द प्रशिक्षणमा १८ खेलाडीसहित २३ जना सहभागी हुनेछन्।

भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल क्रिकेट सङ्घ (क्यान) को आग्रहअनुसार मैदान उपलब्ध गराइएको बताइन् ।

उनले सन् २०२७ मा नेपाल र बङ्गलादेशमा तय भएको महिला यु–१९ विश्वकपका खेल यही रङ्गशालामा आयोजना गर्ने गरी महानगरले तयारी गरिरहेको पनि बताइन्।

यसका लागि क्यानसँग पहल भइरहेको महानगर प्रमुख दाहालले जानकारी दिइन् ।

यसअघि नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले पनि यही रंगशालामा प्रशिक्षण गरेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू