बुधबार, माघ ९, २०८१
01:10
|
०६:५५
नेपालमा फेरि देखियो मंकीपक्स संक्रमण
रासस
डिसेम्बर २०, २०२४
काठमाडौँ, पुस ५, २०८१ — नेपालमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
’साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो’, उनले भने, ’अहिले उनको अवस्था सामान्य छ ।’ उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’ मा राखेर उपचार भइरहेको छ ।
दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स संक्रमणको देखिएको थियो । मंकीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५