मंगलबार, चैत १८, २०८१
01:02 | ०५:४७

मलेसियामा दश वर्ष अघि हराएको विमानको पुनः खोजी गरिने

रासस/एएफपी  डिसेम्बर २०, २०२४


क्वालालम्पुर- दश वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी सुरु गर्ने प्रस्तावमा मलेसियाको मन्त्रिपरिषद् सहमत भएको मलेसियाका यातायात मन्त्रीले शुक्रबार बताएका छन् ।

सन् २०१४ को मार्च ८ मा क्वालालम्पुरबाट बेइजिङ जाँदै गर्दा २३९ जना यात्रु बोकेको बोइङ ७ राडार स्क्रिनबाट हराएको थियो र उड्डयन इतिहासमा सबैभन्दा ठूलो खोजीका बाबजुद विमान अहिलेसम्म फेला परेको छैन ।

डिसेम्बर १३ मा सरकारले ‘दक्षिणी हिन्द महासागरमा अनुमानित १५,००० वर्ग किलोमिटर नयाँ क्षेत्रमा खोजी कार्य अगाडि बढाउन’ संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यमा आधारित कम्पनी ओसियन इन्फिनिटीको प्रस्तावलाई स्वीकार गर्न मलेसियाले सैद्धान्तिक सहमति दिएको यातायात मन्त्री एन्थोनी लोकेले बताए ।

“ओसियन इन्फिनिटीद्वारा खोजी अभियानको प्रस्ताव एक ठोस प्रस्ताव हो र विचार गर्न योग्य छ,” लोकेले पत्रकार सम्मेलनमा भने। 

सन् २०२५ को सुरुमा अन्तिम रुप दिने आशा गरिएको हाल सम्झौताका सर्तहरुमा छलफल गरिरहेको यातायात मन्त्रालयले जनाएको छ ।

‘नयाँ खोजी ‘नो फाइन्ड, नो फी’ को सिद्धान्तमा आधारित हुनेछ, जसमा मलेसियाली सरकारले ओसियन इन्फिनिटीलाई विमान फेला पारे वा नपारे पनि कुनै पनि रकम तिर्ने छैन’, लोकेले भने । 

सरकारले यसअघि सन् २०१८ मा ओसियन इन्फिनिटीलाई विमान खोजीका लागि खटाएको थियो तर कुनै परिणाम आएको थिएन ।

“ओसियन इन्फिनिटीले प्रस्ताव गरेको नयाँ खोज क्षेत्र विज्ञ र अनुसन्धाताले गरेको पछिल्लो जानकारी र डाटा विश्लेषणमा आधारित छ,” लोकेले भने । 

कम्पनीको प्रस्तावलाई एमएच ३७० को लागि दर्ताको अवस्थाको रुपमा मलेसियन सरकारले विश्वसनीय र थप मूल्याङ्कन गर्न योग्य मानिएको छ ।

उनले भने, “नयाँ खोजीका लागि सहमत हुने निर्णयले ‘खोजी अभियान जारी राख्ने र एमएच ३७० मृतकका परिवारलाई घटनास्थलको नजिकमा पुग्ने मलेसिया सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

सन् २०१४ मा विमान हराएपछि अस्ट्रेलियाको नेतृत्वमा हिन्द महासागरमा एक लाख २० हजार वर्ग किलोमिटर (४६ हजार वर्ग माइल) क्षेत्रमा गरिएको खोजी अभियानले विमानको कुनै पनि अंश फेला पार्न सकेको थिएन । यो खोजी अभियान जनवरी २०१७ मा निलम्बन गरिएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू