बुधबार, माघ ९, २०८१
01:24 | ०७:०९

रवि सुतिरहेको फोटो लिक गर्ने भुसालमाथि छानविन सुरु

नेपाली लिङ्क डिसेम्बर १९, २०२४


कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सुतिरहेको तस्बिर सार्वजनिक गर्ने डा. कमल भुसाल (निकोलस) लाई प्रहरीले कारवाही गर्ने भएको छ ।

गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति गठन गरि ३ दिनभित्र गरी प्रतिवेदन बुझाउन अनुमति दिइएको गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी भोलाबहादुर रावलले जानकारी दिए ।

समितिले सत्यतथ्य पत्ता लगाएर तीन दिनभित्र प्रतिवेदन दिने पनि उनले बताए ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेकै अवस्थामा कोठामा सुतिरहेको अवस्थाको फोटो भुसालको फेसबुक पेजबाट फोटो ‘लिक’ भएको भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै कार्यकर्ता रहेका भुसालले फोटो आफूले खिचेको स्वीकार गरिसकेका छन् ।

प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका निकोलसको योग्यता नपुगेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू