नेपाल पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व (सूचीसहित)
काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।
प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरे ।
शर्माले विष्टलाई १०७९ मतको अन्तरमा पराजित गरेकी हुन् । महासंघको इतिहाँसमा शर्मा पहिलोपटक महिला अध्यक्ष बनेकी हुन् ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मतका साथ विजयी भएका छन् भने महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५, उपाध्यक्ष समावेशीमा उमित प्रसाद बागचन्द ४ हजार २९२ मतका साथ विजयी भए ।
यसैगरी महासचिवमा रामप्रसाद दाहाल ४ हजार ८४, खुला सचिवमा रमेश खतिवडा ३४००, महिला सचिवमा सोनी शर्मा ४३४७, दलित सचिवमा प्रकाश धौलाकोटी ४११०, एसोसिएट सचिवमा वैकुण्ठराज पराजुली ३६४५ र कोषाध्यक्षमा रामकृष्ण अधिकारी ३८४७ मतसहित निर्वाचित भएका छन् ।