बुधबार, माघ ९, २०८१
16:03 | २१:४८

लन्डनमा कर्मचारी र क्रिकेट खेलाडीलाई माया अवार्डस्

नेपाली लिङ्क डिसेम्बर १४, २०२४

लन्डन । लन्डनमा नेपाली व्यवसायीद्वारा सञ्चालित ‘माया सपोर्टेड लिभिङ लि.’ ले आफ्ना कर्मचारी तथा क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गरेको छ ।

शुक्रबार लन्डनस्थित हन्स्लो वेष्ट ब्याङक्यूटिङ हलमा आयोजित ‘माया गाला डिनर तथा अवार्डस् नाइट’ समारोहमा कम्पनीले अवार्ड प्रदान गरेको हो ।

माया सपोर्टेड स्टाफ अवार्ड अन्तर्गत ब्रिङ बिगिनर्स अफ द इयर अवार्ड नाओमी चेरोप, साइनिङ स्टार अफ द इयर सिता भण्डारी, स्पेशल रिकग्निसन अफ द इयर सुजाता बलामी, अफिस जेनिअस अफ द इयर आशिषबाबु भट्ट र इम्प्लोइ अफ द इयर अवार्ड सुजिता बजगाईंले पाए ।

त्यसैगरि, माया क्रिकेट क्लवका खेलाडीलाई पनि सम्मान गरिएको छ । त्यस अन्तर्गत वेष्ट फिल्डर अफ द सिजन अवार्ड विशाल बन्जाडे, वेष्ट बलर अफ द सिजन चन्दन रावल, वेष्ट ब्याट्सम्यान अफ द सिजन प्रकाश विष्ट, आउटस्ट्याण्डिङ अफ द सिजन सचिन शर्मा र ट्यालेन्ट अफ द सिजन अवार्ड नवीन तामाङले प्राप्त गरे । ‘सरप्राइज अफ द इयर’ अवार्ड आशिष कुर्मीले पाए ।

सो अवसरमा माया सपोर्टेड लिभिङमा ५ वर्ष काम गरिसकेका कर्मचारीहरुलाई पनि विशेष सम्मान गरियो । सम्मानित हुनेहरुमा लेखनाथ घिमिरे (चिफ अकाउन्टेन्ट तथा मेन्टर), हरि भट्ट (आइटी एण्ड मेन्टर), मार्गरेट थम्पसन, रोजन कार्की, सुदीप ढकाल, सुजिता बजगाईं र सुधा अधिकारी पौडेल छन् ।

प्रमुख अतिथी रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जीत रानाभाटले अवार्ड प्रदान गरे । मन्तव्यका क्रममा मेयर रानाभाटले नेपाली दम्पत्ति राज पाण्डे र रक्षा थापाको माया सपोर्टेड लिभिङले गरेको प्रगति गर्वलायक भएको उल्लेख 
गर्दै कम्पनीले रोजगारीसहित स्थानीय तहमा स्वास्थ्य सेवा प्रदान गरेर सरहानीय कार्य गरिरहेको बताए ।

मेयर रानाभाटले कम्पनीको थप सफलताको कामना गर्दै अवार्ड विजेताहरुलाई बधाइ पनि दिए ।

माया सपोर्टेड लिभिङका प्रवन्ध निर्देशक राज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी, प्रायोजक, अतिथीहरु लगायत सबैप्रति आभार व्यक्त गरेका छन् । उनले ट्रफी डिजाइनमा सहयोग गरेका माया ब्राण्ड एम्बेसडर तथा कर्णाली याक्सका कोचप्रति पनि कृतज्ञता व्यक्त गरे ।

आफ्नो कम्पनी स्थापनाको ६ वर्ष पुरा हुंदा कर्मचारीको पूर्ण साथबाट नै सफलता मिलेको पनि पाण्डेले बताए ।

माया क्रिकेट अवार्डका लागि नेपाल फुड्स, नेपाली बियर, एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, ह्याम्सटेड इयर क्लिनिक, क्याटलिष्ट आइटी र किया ओभल स्टेडियमले प्रायोजन गरेका हुन् ।

कार्यक्रममा कम्पनीका कर्मचारी, कर्पोरेट व्यक्तित्व र मायाका सरोकारवालाहरु अतिथीका रुपमा सहभागी थिए । बर्नमथ युनिभर्सिटीका प्राध्यापक इड्वीन रोल्याण्ड भान तेइजिलिङगेन र डा. प्रमोद रेग्मी पनि परिवारसहित सहभागी थिए । मायाले प्रमुख अतिथी र अतिथीहरुलाई ढाका टोपी र दोसल्लाले स्वागत गरेको थियो ।

क्रिसमस र अंग्रेजी नयां वर्ष समेत मनाइएको उक्त इभेन्टमा डिजे हेम विष्टले राती अबेरसम्म नचाए ।

फेबुअरी २०१९, २१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले १० वटा शाखा छन् । मायाले लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ‘सपोर्ट’ गर्छ ।

तस्विरहरुः कुशल श्रेष्ठ/ के के फिल्मस् एण्ड मिडिया

व्यवसायिक सफलता चुमिरहेका दम्पत्ति राज पाण्डे र रक्षा थापा

प्रमुख अतिथी रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जीत रानाभाट

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू