बिहीबार, मंसिर २७, २०८१
23:42 | ०५:२७

हाइटी हिंसामा १ सय ८४ जनाको मृत्यु

रासस-एएफपी डिसेम्बर ९, २०२४

जेनेभा- हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १ सय ८४ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखले हाइटी राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमबार बताएका हुन् ।

जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भोल्कर तुर्कले भने, ‘गत साता मात्र हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा एक शक्तिशाली गिरोहका नेताद्वारा आह्वान गरिएका आक्रमण र प्रत्याक्रमणका क्रममा कम्तीमा १८४ जनाको मृत्यु भएको छ ।’

उनका अनुसार यी पछिल्ला घटना र यसबाट मृत्यु भएका मानिसहरूको सङ्ख्यासँगै यो वर्ष मात्र हाइटीमा हिंसात्मक आक्रमणका कारण मृत्यु हुनेहरूको संख्या पाँच हजार पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू