बिहीबार, मंसिर २७, २०८१
01:52 | ०७:३७

अमेरिकी सहायक विदेशमन्त्री नेपाल आइपुगे

रासस डिसेम्बर ८, २०२४

काठमाडौँ, मङ्सिर २३ गते- संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आएका छन्।

आफ्नो दक्षिण एसिया भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।

उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्ध मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने बताइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू