बुधबार, माघ ९, २०८१
05:08
|
१०:५३
चिनियाँ राष्ट्रपतिको चाहना समृद्ध नेपाल
नेपाली लिङ्क
डिसेम्बर ४, २०२४
काठमाडौं- प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता भएको छ। चारदिने औपचारिक भ्रमणमा सोमबार चीन गएका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति जिङपिङबीच बेइजिङमा भेटवार्ता भएको हो।
प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलसँग राष्ट्रपति सीसहितको चिनियाँ प्रतिनिधिमण्डलसहित वार्ता भएको थियो । भेटवार्तामा राष्ट्रपति सीले समृद्ध नेपालको निर्माणमा चीन सदैव नेपालको साथ रहने प्रतिबद्धता जनाए ।
उनीहरूबीच दुई देशको छिमेकी सम्बन्ध, आपसी हित तथा विकास साझेदारीका विषयमा छलफल भयो ।
यसअघि प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको थियो। प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५