युद्धविरामकै समय लेबनानमा इजरायली हमला, नौ जनाको मृत्यु
बेरुत । दक्षिणी लेबनानका गाउँहरूमा सोमबार भएको इजरायली आक्रमणमा नौ जनाको मृत्यु भएको छ । इजरायलले युद्धविरामकै समयमा आतङ्कवादी समूहले दाबी गरेको आक्रमणको बदलामा दर्जनौँ हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको बताएको छ ।
इजरायल र हिजबुल्लाहले सोमबार लेबनानमा हजारौँ मानिसहरूको नरसंहार र सीमामा ठूलो विस्थापन निम्त्याएको छ भने युद्ध अन्त्य गर्न बुधबारदेखि लागू भएको युद्धविराम उल्लङ्घनको आरोप सामना गर्नुपरेको छ । इजरायली सेनाले विज्ञप्तिमार्फत लेबनानमा दर्जनौँ पूर्वाधार लक्षित आक्रमण गरेको जनाएको छ ।
यसै गरी इजरायलले लेबनानमा सम्बन्धित पक्षहरूले जिम्मेवारी पूरा गर्न र हिजबुल्लाहको गतिविधिलाई रोक्न माग गरेको विज्ञप्तिमा उल्लेख छ । लेबनानको स्वास्थ्य मन्त्रालयले ह्यारिस गाउँमा भएको आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएको तथा तल्लुस गाउँमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाएको छ ।
यसअघि, हिजबुल्लाहले इजरायल र लेबनानको सीमा क्षेत्रको विवादित भागमा रहेको कफर शबाको पहाडमा इजरायल लक्षित आक्रमण गरेको जनाएको थियो । इजरायली सेनाले हिज्बुल्लाहले विवादित शबा क्षेत्रमा रहेको आफ्नो चौकी तिर दुई वटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।
आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहलाई युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै जवाफ दिने वाचा गर्नु भएको छ भने इजरायली रक्षामन्त्री इजरायल काट्जले पनि कडा प्रतिक्रिया दिने वाचा गर्नु भएको छ ।
त्यसको केही समयपछि इजरायली सेनाले लेबनानका लक्ष्यहरूमा आक्रमण गरिरहेको जनाएको थियो । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायलसँगको सीमाबाट करिब २० किलोमिटर टाढाका क्षेत्रहरूमा आक्रमण भएको रिपोर्ट गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५