नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर



प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा मङ्गलबार ग्रेट हल अफ पिपलमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा दुई देशका अधिकारीद्वारा हस्ताक्षर गरिँदै । तस्बिर सौजन्य- प्रधानमन्त्रीको सचिवालय/रासस
बेइजिङ, चीन मङ्सिर १८ गते– नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।
यस्ता छन् नेपाल-चीनबीच भएका सहमति र समझदारी
-टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
-नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
-९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
-भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
-विकास योजनासम्बन्धी समझदारीपत्र
-आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
-नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
-स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
-नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप (सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५