बुधबार, माघ ९, २०८१
15:50 | २१:३५

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला

नेपाली लिङ्क डिसेम्बर ३, २०२४

लन्डन–नेपालमा लामो समयदेखि पर्यावरणीय क्षेत्रमा सक्रिय उद्यमी शिलशिला आचार्य बीबीसीको १०० प्रेरक र प्रभावशाली महिलाको सूचीमा परेकी छन् । 

बीबीसीले सन् २०२४ का लागि पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिला समेटेर प्रभावशाली १०० महिलाको सूची तयार पारेको हो ।

नेपालमा प्लास्टिकको पुन: प्रयोगसम्बन्धी सबैभन्दा ठूलो सञ्जाल चलाउने आचार्यको फोहोर व्यवस्थापनसम्बन्धी अभनी भेन्चर्स नामक संस्था छ ।

बीबीसीद्वारा सार्वजनिक सूचीमा नेपालसहित विभिन्न मुलुकका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका प्रतिभाशाली महिला छन् ।

बीबीसीको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराददेखि न्यूजिल्यान्डकी आदिवासी सांसद हाना–रावहिती मइपी–क्लार्क, भारतमा बेवारिसे शवहरूको अन्तिम संस्कार गराउन सक्रिय पूजा शर्मा, सामाजिक कार्यकर्ता अरुणा रोय र कुस्ती खेलाडी विनेश फोगाटसम्म उक्त सूचीमा परेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू