आइतबार, फागुन ११, २०८१
कीर्तिपुर प्रमुखमा कांग्रेसका डंगोल विजयी


नेपाली लिङ्क
डिसेम्बर २, २०२४
काठमाडौं, मंसिर १७ गते । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार डंगोलले पाँच हजार ३३४ मत ल्याएर विजयी भएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले चार हजार ५५५ मत र नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले चार हजार ३३७ मत प्राप्त गरे ।
गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रमुख राजकुमार नकर्मीको गत साउन १० गते निधन भएपछि त्यहां उपनिर्वाचन भएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५