बिहीबार, मंसिर १३, २०८१
22:53 | ०४:३८

युद्धविरामपछि विस्थापित लेबनिजहरू घर फर्कने चटारोमा

रासस/एएफपी नोभेम्बर २७, २०२४

बेरुत (लेबनान), मङ्सिर १२ गते– युद्धविराम लागू भएपछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् । लामो समयपछि भएको युद्ध विराम कार्यान्वयनका लागि धेरैले हिजबुल्लाहको प्रशंसा गर्दै ‘विजय’ उत्सवसमेत मनाएका छन् ।

पछिल्लो समयमा इजरायलले दिनहुँ जसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको उक्त आवासीय क्षेत्रमा विस्थापितहरू एकै चोटि फर्किदा भीडभाड भई ट्राफिक जामसमेत भएको एएफपीले जनाइएको छ । विस्थापितहरू आफ्नो क्षतिग्रस्त घर र व्यवसाय देखेर आँसु बगाउँदै उत्खननकर्ताहरूको सहयोगमा भग्नावशेष हटाउनका लागि पर्खिरहेका थिए ।

स्थानीय इन्जिनियर निजाम हमादेले आफ्नो घरतर्फ फर्किँदै हमलामा मृत्यु भएका हिजबुल्लाह नेता सैयद हसन नस्रल्लाहको उपनगरमा फर्किदा उनीहरूलाई धन्यवाद दिँदै फर्किएको एएफपीले जनाएको छ । दक्षिण बेरुत उपनगरले मङ्गलबार द्वन्द्वको सबैभन्दा तीव्र रूपको सामना गरेको थियो ।

युद्धविराम लागू भएपछि आफूहरू घर फर्किएको उक्त उपनगर निवासी फातिमाले बताइन् । बुधबारदेखि युद्धविराम लागु भएपछि इरान समर्थित समूहले दक्षिण बेरुत र पूर्वी लेबनानको गढहरूमा भ्रमणको आयोजना गरिरहेको थियो । गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरु गरेको सीमापार हमलाको लगभग एक वर्षपछि इजरायलले लेबनानमा हिजबुल्लाहको गढहरू लक्षित आक्रमण बढाई दक्षिणी सीमा पार सेना तैनाथ गरेको थियो ।

केही बासिन्दाहरू तुरुन्तै युद्ध, जुलुसलगायतमा आफ्ना प्रिय नेताको हत्या भएको स्थानतर्फ लागेको एएफपीले जनाएको छ । यसै क्रममा हिजबुल्लाहका समर्थकहरूले नस्रल्लाह र हाशेम सफीद्दिनको तस्बिरहरू हस्तान्तरणसमेत गरिरहेको एएफपीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू