सोमबार, फागुन १२, २०८१
५५ करोडको अनलाइन जुवा खेलाउने राई पक्राउ


नेपाली लिङ्क
नोभेम्बर २७, २०२४
काठमाडौं । बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने अनलाइन खेलअन्तर्गत जुवा (सट्टेबाजी) गर्ने र गराउने गरेर गैर कानुनी रकम संकलन गरेको आरोपमा सुनिल राई पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेमा पाँचथर जिल्ला मिक्लाजुङ गाँउपालिका वडा नं. ७ का ३७ वर्षका राई हुन् ।
ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अफलटोल बस्दै आएका राईले ७५ वटा बैंक खाता, १२८ इ-सेवा वालेटबाट ५५ करोड २० लाख ८४ हजार ७१ रुपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ ।
राईबाट एनसेल कम्पनीका ७० सिमकार्ड, ११ नागरिकता, १५ राहदानी, २२ चेकबुक र ४२ थान एटीएम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५