आइतबार, फागुन ११, २०८१
इन्डोनेसियामा बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २० पुग्यो


रासस/क्यूएनए
नोभेम्बर २६, २०२४
जकार्ता । इन्डोनेसियाको सुमात्रा टापुका चार प्रान्तमा बाढी र पहिरोको प्रभावबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले सुमात्रा टापुका कारो, डेली सर्डाङ, दक्षिण तपानुली र पडाङ लाससहित चार प्रान्तमा आकस्मिक बाढी र पहिरोले असर पारेको मङ्लबार जनाएको छ ।
घटनाको पुष्टि गर्दै एजेन्सीले बाढी पहिरोमा परी दुई जना अझै बेपत्ता रहेको जनाएको छ । पछिल्लो समयमा इन्डोनेसियाले वर्षाको मौसममा चरम मौसमी प्रतिकुलताको श्रृङ्खलाको सामना गरेको छ भने जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण बारम्बार यस्ता समस्या सामना गर्न वाध्य हुनु परेको जनाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५