सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या


भिएन्ना, मङसिर ११ गते । सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरिएको उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घको लागू औषध तथा अपराध कार्यालय (यूएनओडीसी) र राष्ट्रसङ्घको महिला विभागले महिला विरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन प्रकाशित गरेको प्रतिवेदनले गत वर्ष हरेक दश मिनेटमा एक महिलाको हत्या भएको पुष्टि गरेको छ ।
प्रतिवेदनका अनुसार अफ्रिकाले गत वर्ष साझेदार र परिवारसँग सम्बन्धित महिला हत्याको उच्चतम दर रेकर्ड गरेको छ भने त्यसपछि अमेरिका र ओसिनिया छन् ।
प्रतिवेदनले अपराधीहरूलाई जवाफदेही बनाई अब्बल न्याय प्रणालीका लागि जिवितहरुलाई सहयोग सुनिश्चित गर्नु पर्ने बताउँदै युएनओडीसीका कार्यकारी निर्देशक घडा वलीले लैङ्गिक पूर्वाग्रह तथा महिलाविरुद्धको हिंसा अन्त्य गर्न आह्वान गर्नु भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५