गण्डकी प्रदेशका कोषाध्यक्ष तथा बाग्लुङ मेयर श्रेष्ठलाई बेल्जियममा सम्मान
बेल्जियम—नेपाली जनसम्पर्क समिति बेल्जियमले गण्डकी प्रदेशका कोषाध्यक्ष तथा बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठको स्वागत, सम्मान र बिदाइ गरेको छ।
मेयर श्रेष्ठ स्लोभेनियाको राजधानी लुब्लियानामा आयोजित एक कार्यक्रममा सहभागी हुन युरोप भ्रमणमा आएका बेला बिहीबार कार्यक्रम भएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष सुवास गुरुङले गरेका थिए ।
महासचिव गोविन्दसिंह अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय नेपाली समुदायका अगुवाहरू, समिति सदस्यहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।
कार्यक्रममा समितिका पूर्व सभापति तथा गैरआवासीय नेपाली संघका अभियन्ता गंगाधर गौतम, जनसम्पर्क समितिका पूर्व सभापति सुवास जोशी, गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष तथा समितिकी पूर्व सभापति सीता सापकोटा, गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुबिना शर्मा, गैरआवासीय नेपाली संघका सचिव देबु श्रेष्ठ, अन्तर्राष्ट्रिय बाग्लुङ समाजका प्रमुख संरक्षक गंगा शर्मा, बागलुङ समाज बेल्जियमका उपाध्यक्ष हरि रोक्का, पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मालगायतले मेयर श्रेष्ठसँग आफ्ना जिज्ञासा राखेका थिए।
मेयर श्रेष्ठले बेल्जियममा आयोजना गरिएका अन्य कार्यक्रममा पनि आफ्नो उपस्थिति जनाएका थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५