इजरायली हमलामा सिरियामा ३६ को मृत्यु, ५० बढी घाइते


दमास्कस (सिरिया)। सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलामा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
बेलायतमा आधारित युद्ध पर्यवेक्षक “सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्स” ले भने इजरायली आक्रमणमा ६१ जनाको मृत्यु भएको जनाएको छ । जसमध्ये ३३ जना इरानी मिलिसियासँग सम्बन्धित सिरियाली, २२ जना गैर-सिरियाली, चार जना हिजबुल्लाह र दुई जना अज्ञात थिए ।
“इजरायलले अल-तान्फ क्षेत्रको पाल्मिरा सहरका धेरै भवनलाई निशाना बनाएर हवाई आक्रमण गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।
सिरियाको विदेश मन्त्रालयले ‘पाल्मिरा सहर विरुद्धको क्रूर इजरायली आक्रमण’ को कडा निन्दा गर्दै यसले यस क्षेत्रका देशहरुका जनता विरुद्धको निरन्तर अपराधलाई प्रतिबिम्बित गरेको जनाएको छ ।
युनेस्कोको विश्व सम्पदा सुचिमा समावेश स्थल पाल्मिरा सिरियाली गृहयुद्धको चरम अवस्थामा इस्लामिक राज्यका जिहादीहरुले कब्जा गरेका थिए । सिरियाका पुरातत्व तथा सङ्ग्रहालयका महानिर्देशक नाजिर अवादले पछिल्लो आक्रमणमा सहरका मन्दिरहरुमा प्रत्यक्ष क्षति नभएको बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५