आइतबार, पुष २१, २०८१
23:07 | ०४:५२

पिठो तथा इन्धनको अभावमा गाजाका बेकरी बन्द

 रासस/क्यूएनए  नोभेम्बर २१, २०२४

न्यूयोर्क । राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गाजा पट्टीमा भोकमरीमा परेका प्यालेस्टिनीहरुका लागि जीवन बचाउको रूपमा सेवा गरिरहेका बेकरीहरूसमेत पिठो तथा इन्धनको अभावका कारण बन्द हुने अवस्थामा रहेको चेतावनी दिएको छ ।

ओसिएइचएले आफ्नो दैनिक प्रतिवेदनमा हाल उत्तरी गाजाका केही भागहरू अनिकालको जोखिममा रहेकोसमेत जनाएको छ । यसका साथै गाजा पट्टीको मध्य र दक्षिणी भागहरूमा, गम्भीर भोकमरीको सामना गर्ने बाध्य परिवारहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको रिपोर्ट गरिरहेको यसले जनाएको छ ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का सहकर्मीहरूलाई उद्धृत गर्दै  ओसिएएचएले हाल गाजामा मानवीय साझेदारहरूद्वारा समर्थित १९ वटा बेकरीमध्ये सात वटा मात्र सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

पिठो अभावकै कारण यस हप्ताको सुरुमा अन्य धेरै बेकरी बन्द गर्न बाध्य भएको यसले स्पष्ट पारेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू