शनिबार, मंसिर ८, २०८१
09:51 | १५:३६

बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन

रासस/एएफपी नोभेम्बर २१, २०२४

लन्डन । बेलायतको लेबर पार्टीका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले बिहीबार जनाएको छ ।

प्रेस्कटले जलवायु परिवर्तन सम्बन्धि सन् १९९७ को अन्तर्राष्ट्रिय क्योटो प्रोटोकलमा बेलायतका लागि वार्ताको नेतृत्व गरेका थिए ।

अमेरिकाका पूर्व उपराष्ट्रपतिलगायतले उनी प्रति श्रद्धाञ्जलि अर्पण गर्दै जलवायु सङ्कट समाधान गर्ने उनको प्रतिबद्धता प्रति सदाका लागि आभारी हुने बताएका छन् ।

बेलायती लेबर पार्टीबाट प्रधानमन्त्री बनेका कीर स्टारमरले प्रेस्कट श्रम आन्दोलनको अभियान्ताको रुपमा श्रमजीवी जनताको समर्थक र ट्रेड युनियनवादी रहेको बताएका छन् ।

चार दशकसम्म उत्तरी इङ्गल्यान्डको संसद सदस्यको रुपमा सेवा गरेका पूर्व व्यापारी नाविक तथा ट्रेड युनियन कार्यकर्ता प्रेस्कटको “शान्तिपूर्वक” मृत्यु भएको उनकी श्रीमती पाउलिन र छोराहरुले स्पष्ट पारेकी छन् ।

प्रेस्कटलाई सन्-२०१९ मा प्यारालाईस भएको थियो भने अल्जाइमरको समस्याका कारण गत जुलाईमा संसदको माथिल्लो सदनको सदस्य पद छोडेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू