बेलायतको मुद्रास्फीति ६ महिनाकै उच्च- कारण ग्यास, बिजुलीको मूल्यवृद्धि



फाइल तस्विर
लन्डन- बेलायतको मुद्रास्फीति छ महिनाकै उच्च दरमा पुगेको छ।
ग्यास, बिजुलीजस्ता ऊर्जाको मुल्यमा भएको वृद्धिले बेलायतको मुद्रास्फीतिलाई पनि उल्लेख्य रुपमा बढाएको पछिल्लो तथ्यांकले देखाएको छ ।
गत अक्टोबर महिनासम्मको एक वर्ष अवधिको मुद्रास्फीति दर बढेर २ दशमलव ३ प्रतिशत पुगेको छ । जुन दर ठीक एक महिनाअघि सेप्टेम्बरसम्मको एक वर्ष अवधिमा १ दशमलव ७ प्रतिशत मात्रै थियो।
बेलायतमा एक सामान्य घरको वार्षिक ग्यास र बिजुलीको बिल गत महिना करिब १ सय ४९ पाउण्डले बढेको छ । तर पनि पछिल्ला केही वर्षहरूमा भन्दा अहिले मूल्य सुस्त दरमा बढिरहेको छ।
हालै मात्रै बेलायत सरकारले जाडो याममा प्रदान गर्ने इन्धन भत्ता कटौती गरेका कारण अर्को वर्ष थप ५० हजार ज्येष्ठ नागरिक सापेक्षिक गरिबीमा बाँच्न बाध्य बन्ने सार्वजनिक भएसंगै मुद्रास्फीतिको पछिल्लो तथ्याङ्क प्रकाशित भएको हो ।
मुद्रास्फीतिले सर्वसाधारणको दैनिक जीवनयापनको लागत बढाउनुका साथै ब्याजदर उच्च दरमा राखेर बैंक ऋण, क्रेडिट कार्ड र मोर्टगेजलगायतलाई महँगो बनाउँछ ।
गत वर्षको अक्टोबरमा रेकर्ड उच्च पुगेको मुद्रास्फीति त्यसयता क्रमशः घट्दै आएको छ । मूल्यवृद्धि भइरहेपनि त्यसको दर नबढेका कारण मुद्रास्फीति घटेको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५