राष्ट्रपतिले नियुक्त गरे बेलायतका लागि नेपाली राजदूत
काठमाडौँ, मङ्सिर २ गते- राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न छ देशका लागि राजदूत नियुक्त गरेका छन् ।
नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शैल रुपाखेतीलाई जर्मनी, जङ्गबहादुर चौहान रुसी महासङ्घ, चन्द्रकुमार घिमिरेलाई संयुक्त अधिराज्य (यूके), डा नरेशविक्रम ढकाललाई साउदी अरेबियाका लागि राजदूत नियुक्त गरेका हुन् ।
यस्तै, थाइल्याण्डका लागि आवासीय राजदूत धनबहादुर ओलीलाई क्याम्बोडिया र गणतन्त्र सिङ्गापुरका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उता, राष्ट्रपति पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालयमा आइतबार आयोजित समारोहमा रीता धिताल (इस्लामिक गणतन्त्र पाकिस्तान), रमेशचन्द्र पौडल (कतार), प्रा धनप्रसाद पण्डित (इजरायल) र प्रा. डा. कृष्णप्रसाद ओली (जनवादी गणतन्त्र चीन) का लागि नवनियुक्त राजदूतले शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उक्त अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५