पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
काठमाडौँ — पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको छ । ८३ वर्षीय ढुंगानाको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरुले श्रद्धान्जली अर्पण गरेका छन् ।
स्वर्गीय ढुंगानाको अन्त्येष्टी सोमबार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
उनी २०४८ सालमा काठमाडौंबाट निर्वाचित भएपछि प्रतिनिधिसभामा सभामुख बनेका थिए । २०४८ सालमा काठमाडौं क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा ढुंगाना निर्वाचित भएपछि उनी सभामुख भएका थिए । ०४८ देखि ०५१ सम्म उनी सभामुख भए ।
वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । २०६२-०६३ को आन्दोलनमा नागरिकका तर्फबाट अगुवाइ गर्नेमा ढुंगाना पनि एक थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५