रुसद्वारा अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध


मस्को (रूस), मङ्सिर १ गते– रुसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रुसी सरकारले जनाएको छ ।
स्रोतका अनुसार प्रतिबन्धहरू अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थाहरूसँग विदेशी व्यापार सम्झौताअन्तर्गत लागू हुने छन् । प्राविधिक र निर्यात नियन्त्रणको लागि सङ्घीय सेवाले जारी गरेको इजाजतपत्र अन्तर्गत वितरण गर्न अनुमति दिइने छ ।
प्रतिबन्धले युरेनियमको लागि रुसमा निर्भर अमेरिकाको आणविक ऊर्जा आपूर्तिमा अभाव खडा गर्ने आकलन गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाईडेनले गत मे महिनामा हस्ताक्षर गरेको सन् २०४० सम्म रुसी युरेनियम आयातमा प्रतिबन्ध लगाउने अमेरिकी कानुन पछि यो कदम चालेको जनाइएको छ ।
अमेरिकी तथ्याङ्क अनुसार यस वर्ष रुसी युरेनियमको कुल खरिद ५७४ मिलियन डलर पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा लगभग ३२ प्रतिशतले कम हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५