आइतबार, पुष ७, २०८१
15:17
|
२१:०२
रवि लामिछानेलाई भैरहवाबाट फेरि ल्याइयो पोखरा
रासस
नोभेम्बर १५, २०२४
गण्डकी, कात्तिक ३० गते । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा ल्याइएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि आज पोखरा ल्याइएको हो ।
अनुसन्धानका सन्दर्भमा उनलाई गत मङ्गलबार पोखराबाट भैरहवा लगिएको थियो । आज दिउँसो १ः३० बजे यति एअरलाइन्सको विमानबाट उनलाई पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ