नेपालबाट बङ्गलादेश विद्युत् निर्यात शुभारम्भ


काठमाडौँ, कात्तिक ३० गते । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात औपचारिक रुपमा शुभारम्भ भएको छ ।
नेपालले भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रबार मध्याह्न १२ः३० बजेदेखि बङ्गलादेश पनि निर्यात सुरु भएको हो ।
बङ्गलादेश विद्युत् निर्यात नेपालको तेस्रो मुलुकमा पहिलो हो ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा ‘स्विच अन’ गरी विद्युत् निर्यात उद्घाटन गरे ।
नेपालले ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरेको छ । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो ।
नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपियाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बङ्गलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५