सोमबार, चैत २४, २०८१
सहकारी ठगीबारे कांग्रेस उपसभापति धनराजसँग सीआईबीले लियो बयान


नेपाली लिङ्क
नोभेम्बर १३, २०२४
काठमाडौं। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार दिउँसो बयान लिएको छ ।
सीआईबीका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार बुधबार दिउँसो १२ देखि साढे पाँच बजेसम्म गुरुङका बारेमा उठेका प्रश्नहरुको बयान कागज गरिएको छ ।
प्रवक्ता बोगटीले भने, “आज १२ बजेदेखि साढे ५ बजेसम्म कागज गरेको हो । उहाँको बारेमा उठेका प्रश्नहरुको बयान कागज गरिएको छ ।”
कांग्रेस उपसभापति गुरुङ सहकारी ठगी प्रकरणमा विवादमा तानिएका छन् । गुरुङ पत्नी ज्योति महाप्रबन्धक रहेको सहकारीबाट करोडौं ठगी गरेको आरोप उनीहरुमाथि छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५