शेष घलेले बोलाए एनआरएनए उच्चस्तरीय समितिको पहिलो बैठक


काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको पहिलो बैठक आह्वान भएको छ ।
समितिका संयोजक शेष घलेले मंसिर ४ गते पहिलो बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालतको चैत २१ गतेको फैसला अनुसार घलेले पहिलो बैठक बोलाएको ६ महिनाभित्र एकताको महाधिवेशन गर्नुपर्नेछ ।
समितिका सदस्य विनोद कुँवरले संघको बालुवाटारस्थित कार्यालयमा बैठक आह्वान भएको बताए।
विज्ञप्ति:
प्रस्तुत सूचना सम्मानित सर्वोच्च अदालतले मुद्दा नं. ०७९-WO-१५०७ को उत्प्रेषण परमादेश मुद्दामा मिति २०८०।१२।२१ मा भएको फैसलाले गठित उच्च स्तरीय समिति र सो समितिलाई दिएको आदेशको कार्यान्वयनार्थ गैर आवासीय नेपाली संघको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनौट लगायत सम्बद्ध सम्पूर्ण विवादको समाधान गरीएकतापूर्ण महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयको मिति २०८१।०७।०१ को पत्रको आधारमा उच्च स्तरीय समितिको पहिलो बैठक मिति २०८१।०८।०४ गते, मंगलबार (तदनुसार सन् २०२४ नोभेम्बर १९ तारिख), समय दिनको ३:०० बजेदेखि – ५:०० बजेसम्म र स्थान काठमाडौँ जिल्ला, का. म. न. पा. वडा नं. ४, बालुवाटार सुवर्ण शम्शेर मार्गमा अवस्थित गैरआवासीय नेपाली संघको कार्यालयको बैठक कक्षमा विविध विषयमा छलफल गरी निर्णय गर्नका निम्ति उच्चस्तरीय समितिको बैठक आव्हान गरिएको जानकारी गराइन्छ ।
उच्च स्तरीय समिति संयोजक
शेष घले
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५