लन्डन फेल्थाममा आयोजित ‘रिमेम्बरेन्स सन्डे’ मा सहभागी भए सयौं गोर्खा


लन्डन । प्रथम र दोश्रो विश्वयुद्धमा वीर गति प्राप्त गरेका सैनिकहरुको सम्झनामा आइतबार लन्डनस्थित फेल्थाममा पनि स्मृतिसभा गरिएको छ ।
रिमेम्बरेन्स सन्डेका अवसरमा आयोजित उक्त स्मृतिसभा एनी डोलेरी, जोन वेदर र हन्स्लो बरो काउन्सिलर विष्णु गुरुङको संयुक्त पहलमा गरिएको हो ।
फेल्थाम रिमेम्बरेन्स परेडमा चर्च अफ इंग्ल्याण्डका प्रतिनिधि, राजाका प्रतिनिधि डेपुटी लेफ्टिनेन्ट (डिएल) रोसी प्रेसकट, फेल्थाम एण्ड हेस्टन क्षेत्रकी सांसद तथा राज्यमन्त्री सिमा मल्होत्रा, हन्स्लो मेयर करेन स्मिथ, काउन्सिल लिडर सान्तनु रजावत, स्थानीय काउन्सिलरहरु, भूतपूर्व गोर्खा सैनिकहरु, ब्रिटिश सैनिक भेट्रानहरु, नेपाली समुदायका अगुवाहरु लगायत झण्डै ५ सय सहभागी थिए ।
फेल्थाम भिक्टोरिया रोडस्थित सेन्ट लरेन्स आरसी स्कुल कार पार्कमा भेला भएर शुरु भएको परेड फेल्थाम ग्रीन मेमोरियलसम्म पुगेको थियो ।
परेडपछि सहभागी अतिथी तथा गोर्खा सैनिकहरुले फेल्थाम ग्रीन मेमोरियलमा श्रद्धान्जली अर्पण गर्दै पुष्पगुच्छा (रिथ) चढाएका थिए । सो अवसरमा संयोजक एनी डोलेरीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
आयोजकमध्ये एक काउन्सिलर विष्णु गुरुङले विश्वयुद्धहरुमा सहादत प्राप्त गरेका सैनिकहरुप्रति सम्मान अर्पण गर्न आफूहरुले वर्षेनी यस्तो स्मृतिसभा आयोजना गर्दै आएको बताउंदै सहभागी सबैप्रति आभार व्यक्त गरे।
बेलायतसहित कमनवेल्थ मुलुकमा ११ नोभेम्बरलाई ‘रिमेम्बरेन्स डे’ का रुपमा मनाउने प्रचलन छ । यसलाई ‘पप्पी डे’ पनि भनिन्छ । यो प्रत्येक वर्ष नोभेम्बरको दोस्रो आइतबार पर्छ ।
प्रथम विश्वयुद्ध अन्त्यपछि सन् १९१८ नोभेम्बर ११ का दिन ११ बजे रिमेम्बरेन्स सन्डे मनाइएको थियो । त्यसयता वर्षेनी ‘रिमेम्बरेन्स डे’ मनाइन्छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५